सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि मंगलबार बिहान बोलाइएको संवैधानिक परिषद्को बैठक स्थागित भएको छ ।
प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले आजै साँझ ५ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्। प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठकस्थल पुगे पनि सभामुख सापकोडा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।
बैठक संविधान अनुसार संवैधानिक परिषदमा ६ सदस्य रहनेछन् । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्का सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, र विपक्षी दलका नेता रहनेछन् । परिषद्को बैठकमा कोरम पुग्नका लागि प्रधानमन्त्री सहित ५ जना अनिवार्य उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
उपसभामुख पद अहिले रिक्त रहेकाले बैठकका लागि अहिले कायम रहेका पाँचै जना अनिवार्य उपस्थित हुनै पर्ने अवस्था छ । यस्तोमा सभामुख सापकोटा नगएपछि बैठकमा कोरम नपुगेको हो । विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको परिषद् बैठकका लागि प्रधानमन्त्रीले आवश्यक गृहकार्य र सल्लाह नगरेको भन्दै सभामुख सहभागी नभएको जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग लगायतका विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्ती गर्नुपर्ने भएपछि प्रधनमन्त्री ओलीले परिषद्को बैठक आव्हान गरेका हुन् । यसअघि आइतबार बोलाइएको बैठकमा पनि सभामखु सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित भएपछि बैठक सरेको थियो ।

प्रतिक्रिया