एन.सी.ए. कलेज र पेफाबीच एसीसीए अध्ययनका लागि सम्झौता



काठमाडौं । महालेखा नियन्त्रकको कार्यालय तथा महालेखा परीक्षकको कार्यालय अन्तरगत विभिन्न विभागमा कार्यरत शाखा अधिकृत तथा उप–सचिवहरुलाई अन्तरराष्ट्रिय लेखामान, वित्तीय विवरण तयारी र त्यसको प्रस्तुती सम्वन्धमा अन्तर्राष्ट्रिय लेखामानको उपयोग लगायत समग्र लेखापरीक्षण सम्वन्धी दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले विश्व बैंकको दाताको संयुक्त कोष तथा नेपाल सरकारको लगानीमा सञ्चालित एकीकृत सार्वजनिक वित्तीय व्यवस्थापन सुधार परियोजना, IPFMRP अन्तरगत ए.सी.सी.ए. अध्ययन अवसर प्रदान गर्न यस एन.सी.ए. कलेज अफम्यानेजमेन्ट र सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालय -Pubic Expenditure & Financial Accountability Secretariat,PEFA) बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार महालेखा नियन्त्रकको कार्यालय तथा महालेखापरीक्षकको कार्यालयमा सुब्बादेखि उपसचिवस्तरका सार्वजनिक वित्तीय व्यवस्थापनमा लामो समयदेखि संघ वा स्थानीय तहका लेखा समुह र लेखापरीक्षण सेवामाकार्यरत २० जनालाई यस कलेजले ए.सी.सी.ए. अध्यापन गराउनेछ ।

औपचारिक रुपमा कक्षा सञ्चालन गर्नु पूर्व आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा पेफा सचिवालयको तर्फबाट संयोजक ज्ञानेन्द्र पौडेलले यस प्रकारको कार्यक्रमले राष्ट्र सेवक कर्मचारीको क्षमता अभिबृद्धिको साथसाथै वृत्तिविकास तथा समग्र सार्वजनिक वित्तीय प्रणाली तथा लेखापरीक्षणलाई अन्तर्राष्ट्रिय मापडण्ड अनुसार सुधार गर्नमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै सहभागीहरुलाई सफलताको शुभकामना व्यक्त गरे ।

यसैगरी पेफा सचिवालयका सदस्य सचिव गोरख शाहीले परियोजना अवधिभित्र सहभागी साथीहरुले सफलतापूर्वक कोर्ष उत्तीर्ण गर्न प्रभावकारीरुपमा समय व्यवस्थापन गर्दै मेहनतका साथ अध्ययन गर्नुपर्ने र कलेजले पनि सोही वमोजिमको उपयुक्त अध्ययन/अध्यापनको वातावरण प्रदान गर्नेछ भन्ने विश्वास रहेको विचार व्यक्त गरे । कार्यक्रममा कलेजका अध्यक्ष सुरेश पण्डितले यस परियोजनालाई कलेजले विशेष महत्वको साथ लिएको र यसलाई सफल गराउन कलेज पूर्णरुपमा प्रतिवद्ध रहेको बताए ।

एन.सी.ए.कलेज अफ म्यानेजमेन्ट नेपाली विद्यार्थीले नेपालमा नै बसी World Class Qualification अध्ययन गर्न पाउन भन्ने उद्देश्यका साथ स्थापित नेपालको सबैभन्दा पुरानो ए.सी.सी.ए. अध्यापन गराउने शैक्षिक संस्था हो । विगत १६ बर्षदेखि निरन्तर रुपमा नेपाली विद्यार्थीहरुलाई थोरै लागतमा गुणस्तरीय ए.सी.सी.ए. कक्षा सञ्चालन गराउँदै आएको छ भने सन् २०१० मा कलेजको अध्ययन/अध्यापनको गुणस्तर मापन गरी द एशोसीयसनअफ चार्टर्ड सर्टिफाईड एकाउन्टेण्डस्ले Approved Learning Partner-Gold को मान्यता दिएको छ । शिक्षा मन्त्रालयबाट ए.सी.सी.ए. तयारी कक्षा सञ्चालनगर्न स्वीकृत प्राप्तगर्ने यो नेपालको पहिलो Gold Status कलेज हो ।

ए.सी.सी.ए. बेलायतको द एशोसीयसन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेण्डस् (The Association of Chartered Certified Accountants, UK) द्वारा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी कोर्स हो । यो कोर्ष बेलायत लगायत संसारका १८० देशमा अध्ययन/अध्यापन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु

  बागमती । मकवानपुरमा रुख ढाल्ने क्रममा च्यापिएर एक बालकको ज्यान गएको छ

भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय गरेको छ । यही

संसदीय समितिमा छलफलमा रहेको विधेयक फिर्ता नलिइ अध्यादेश ल्याउने सरकारको प्रक्रिया गलतः सांसद पाण्डे

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा