नेकपाको स्थायी कमिटी बैठक सुरु, बैठकमा ओली पनि सहभागी


काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

अध्यक्ष ओलीले यसअघिको बैठकमा आफू सहभागी नहुने भन्दै पत्र पठाएका थिए । आइतबार भने उनी सहभागी भएपछि बैठक सुरु भएको हो । स्थायी कमिटी बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको बताइएको छ ।