डीआईजी विश्वराज पोखरेल एआइजीमा बढुवा
काठमाडौँ । सरकारले डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकले एआईजी बढुवा प्रक्रिया रोक्न निर्देशन दिएको भोलिपल्ट बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई एआईजीमा बढुवा गरेको हो ।
त्यस्तै, बैठकले मणिराम गेलाललाई सचिवमा बढुवा गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक गेलाललाई सचिवमा बढुवा गरिएको हो ।