काठमाडौं । देशलाई राजसंस्थासहितको हिन्दूराष्ट्र बनाउन माग गर्दै सनातन संस्कृति समाज नेपाललको अगुवाईमा बिहीबार काठमाडौं प्रदर्शन गरिएको छ । काठमाडौंको माइतीघरबाट सुरु भएका प्रदर्शन बानेश्वर पुगेर समापन भएको थियो ।
सर्वधर्म समभाव सनातन संस्कृतिसहितको वैदिक सनातन हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने समाजको माग छ । प्रदर्शनमा सहभागीहरुले ७४ प्रतिशत ओमकार परिवार बस्ने नेपालमा हिन्दूराष्ट्रको विकल्प नभएको बताएका थिए । समृद्ध नेपालको लागि हिन्दुराष्ट्रसहितको राजसंस्थाको आवश्यक रहेको उनीहरुको भनाई छ । नेपालमा हिन्दूराष्ट्र र राजतन्त्रको माग गर्दे निरन्तर प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया