बासमती धानमा भारतको एकाधिकारविरुद्ध नेपालले प्रतिवाद गर्ने



काठमाडौं । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दावीको प्रतिवाद गर्दै नेपालका तर्फबाट आधिकारिक दावी पेश गर्ने निर्णय गरेको छ ।

कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसी बासमती धान परापूर्वकालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन भएर विदेशमा समेत निर्यात हुने गरेकाले यसमा नेपालको समेत हक स्थापित हुनुपर्ने बताउँछन् ।

उनका अनुसार त्यसका लागि नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्रमार्फत तोकिएको म्यादमा दावी विरोध गर्ने निर्णयअनुसार नेपालका तर्फबाट केन्द्रले आधिकारिक दाबी पेश गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

पाल्हीनन्दन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक

सरकारले विपद प्रभावित लाभग्राहीको नाम आएको तीन दिनभित्र अस्थायी आवासका लागि रकम दिने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान लगायत प्रभावित लाभग्राहीको नाम

‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’

  सिर्जना राई, काठमाडौँ । हिन्दूहरूको मुख्य पर्व बडादसैँ सुरु भइसकेको छ तर

हवाई एम्बुलेन्सको माग गर्दै अनशन बसेका दीपक सिलवालको अनशन तोडियो, पाँच बुँदे सहमति

काठमाडौं । विगत एक महिनादेखि हवाई उद्धार प्रभावकारी बनाउन हवाई एम्बुलेन्सको माग गर्दै