सगरमाथाको नयाँ उचाइ मंगलबार सार्वजनिक गरिने



काठमाडौं । सरकारले मंगलबार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने जनाएको छ । बिभागले सोमबार पत्रकार स्म्मेलन गरी चिनियाँ पक्षसँग समन्वय गरेपछि उचाइ सार्वजनिक गर्ने मिति तय भएको जनाएको हो । विभागका महानिर्देशक प्रकाश जोशीले झन्डै दुई साताअघि मन्त्रिपरिषद्ले अनुमोदन गरेको सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको जानकारी दिए ।

उचाइ घोषणापछि अध्ययन विधि जस्ता अन्य प्राविधिक विवरण सार्वजनिक गर्ने जोशीले जानकारी दिए । उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिने पनि उनले बताए ।

मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेको थियो भने उचाइ सार्वजनिक गर्ने प्रक्रिया अघि बढाउने जिम्मेवारी मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयलाई दिएको थियो ।

गएको वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने विश्वको सर्वोच्च शिखरको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने र त्यसमा मिलेर वैज्ञानिक अनुसन्धानहरू अघि बढाउने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षद्वारा लुम्बिनी भ्रमण, उपाध्यक्ष लामाद्वारा भव्य स्वागत

  काठमाडौँ ।  श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ

नेपालको विकास र समृद्धिप्रति चीन खुसी छः चिनियाँ राजदूत चेन

काठमाडौँ ।  नेपालका लागि चीनका राजदूत चेन सङले नेपालको विकास र समृद्धि देखेर

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकलाई धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र

त्रिभुवन विमानस्थल आसपासको क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन,