नागरिकले अपनत्व महशुस गर्ने गरि प्रहरीले सेवा प्रवाह गर्नुपर्छः महानिरीक्षक क्षेत्री



पोखरा । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आमनागरिकले परिष्कृत तथा जनमैत्री प्रहरी सेवा प्रवाहको महशुस गर्न नसकेसम्म प्रहरी सेवा प्रवाह र स्वयं प्रहरी कर्मचारीको औचित्य पुष्टि हुन नसक्ने बताएका छन् ।

गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरु निरीक्षणका क्रममा यही मंसीर २० गते पोखरा आइपुगेका महानिरीक्षक थापा क्षेत्रीले मंसिर २१ गते जिल्ला प्रहरी कार्यालय म्याग्दी, बाग्लुङ र पर्वतको निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्ने क्रममा यस्तो बताएका हुन् ।
समयको परिवर्तनसँगै आमनागरिकमा प्रहरी प्रतिको बढ्दो अपेक्षा एवं विश्वासलाई बरकरार राख्न स्वयं प्रहरी कर्मचारीहरुले आफूलाई कार्यदक्षता एवं कुशलताले भरिपूर्ण प्रहरी कर्मचारीका रुपमा कार्यक्षेत्रमा समर्पीत गर्नुपर्नेमा उनले जोड दिए ।

साथै प्रहरी कर्मचारिहरुको मनौवैज्ञानिक अवस्था बारे बोल्दै उनले तनावग्रस्त प्रहरी कर्मचारीहरुको सेवाले आमनागरिक र प्रहरी बीचको सम्बन्ध सुमधुर हुन नसक्ने भएकाले प्रहरी कर्मचारीले तनाव व्यस्थापनका लागि अपनाउनुपर्ने विधि, आफ्नो घरपरीवारसंगको सम्बन्ध एवं प्राथमिकता लगायतका विषयमा समेत उनले सहजिकरण गरेका हुन् ।

प्रहरी कार्यलयहरुबाट सम्पादन भईरहेका गतिविधीहरुको निरीक्षण एवं अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रहरी महानिरीक्षकबाट भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा आफ्नो धन्यवाद मन्तव्य राख्नुहुँदै गण्डकी प्रदेश प्रहरी प्रमुख अर्यालले संगठन प्रमुखबाट भएका निर्देशनहरुलाई अक्षरंश पालना गरी प्रदेश अन्तर्गतको शान्ति, सुरक्षा र अमनचयनका लागि प्रहरी उच्च मनोवलका साथ परिचालन हुने प्रतिवद्धता व्यक्त गरे ।

निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय पर्वत, म्याग्दी र बाग्लुङका प्रहरी प्रमुखहरुले प्रहरी महानिरीक्षक क्षेत्रीलाई जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान, प्रहरी परिचालन एवं जनशक्ती व्यवस्थापन लगायतका विविधि विषयमा जानकारी समेत गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

टौ-दहमा विपत् अभ्यास ‘मनसुन–२’ मा उद्धार अभ्यास गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले आइतबार काठमाडौँको टौ–दहमा

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

  काठमाडौँ ।   मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री

मे १ देखि चीन जाने नेपालीलाई भिषा शुल्क नलाग्ने

  काठमाडौँ ।  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ