कोरोना संक्रमणबाट सुर्खेतमा एक जनाको मृत्यु
काठमाडौं । सुर्खेतको एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगगरपालिका–६ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा उनले शनिबार राति साढे ८ बजे मृत्यु भएको हो । मंसिर ९ गते गरिएको पिसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेशनमा बसेको भएपनि सास फेर्न समस्या भएपनि सोही दिन उनी प्रदेश अस्पतालको कोभिड अस्पतालमा भर्ना भएका थिए । सुरूमा अक्सिजन दिइएका उनलाई पछि भेन्टिलेटरमा राखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै कर्णाली प्रदेशमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २० पुगेको छ।