राजतन्त्र पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा राजावादीहरुको प्रदर्शन



काठमाडौं । राजतन्त्र पुनस्र्थापनाको माग गर्दै राजावादीहरुले शनिबार काठमाडौंमा बृहत प्रदर्शन गरेका छन् । ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले हातहातमा राष्ट्रिय झण्डा बोक्दै राजतन्त्र पुनस्र्थापनाको माग सहित नारा लगाएका थिए ।

पृथ्वीनारायण शाहको तस्वीर बोकेका उनीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका थिए । प्रदर्शनमा सहभागीहरुले ‘गणतन्त्र धोका हो, संघीयता खारेज गरौँ, हिन्दू राष्ट्र कामय गर, मेची–काली के भन्छ नागरिक सरकार ल्याउ भन्छ, एमसीसी खारेज गरौँ जस्ता नारा लगाएका थिए ।

माइतीघरमा भेला भएका राजवादीहरुको जुलुस नयाँवानेश्वरसम्म पुगेको थियो । त्यसक्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको थियो । समितिले आगामी फाुगन ७ गते काठमडौंबाट निर्णायक आन्दोलन गर्ने पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट