‘भारतीय विदेश सचिवको भ्रमणले भारतसँगको औपचारिक संवादको ढोका खुल्याे’



काटमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन्।

संघीय संसद प्रतिनिधिसभा, अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले दुवै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण रहेको जानकारी दिए ।

उनले भारतीय विदेश सचिवको नेपाल भ्रमणले भारतसँगको संवादहीनताको अवस्थालाई अन्त्य गरेको बताए । मन्त्री ज्ञवालीले भारतीय विदेश सचिवको भ्रमणसँगै भारतसँगको औपचारिक संवादको ढोका खुलेको बताए ।
नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यसलाई औपचारिक रुपमा नै एजेन्डा बनाएर राखिएको प्रष्ट पारे ।

व्यापार, वाणिज्य, जलस्रोत, सीमा विवादका विषयमा भारतसँग स्पष्ट छलफल गर्ने बाटो खुल्ला भएको र त्यसलाई भारतीय सरकारले पनि स्वीकार गरेको उनले बताए । यस्तै सीमा सम्बन्धी विषयमा छलफल गर्ने गरी दुई देशका सचिव स्तरीय बैठक बस्ने तयारी भइरहेको पनि मन्त्री ज्ञवालीले बताए ।

दुवै मुलुका परराष्ट्रमन्त्री रहेको संयुक्त आयोगको बैठक गर्ने तयारी भएको पनि मन्त्री ज्ञवालीले बताए । यसैगरी चीनका रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमण सैनिक सहयोग आदानप्रदान गर्न र द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न महत्वपूर्ण भएको उनले बताए। मन्त्री ज्ञवालीले गत वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला भएका सम्झौतालाई गति दिन पनि सो भ्रमण फलदायी भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना