बुटवलमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । कपिलवस्तुमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । कपिल्वस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ की ५० वर्षीया महिलाको कोभिड १९ संक्रमणबाट मंगलबार बुटवल धागो कारखाना अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पताल कपिलवस्तुले जनाएको छ ।
उनी मंसिर ६ गते कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएकी थिइन् । उनी लामो समयदेखि मृगौला सम्बन्धी रोगको उपचार गराइरहेकी अस्पतालले जनाएको छ । योसँगै कपिल्वस्तुमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
त्यसैगरी सोही अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर पाँचका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । ज्वरो तथा श्वासप्रश्वासको समस्या भई मंसिर १४ गते अस्पताल भर्ना भएका उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।