थप १२५५ जनामा कोरोना संक्रमण, १४०४ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १२५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२५५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३१९७८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १४०४ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४७९ पुगेको छ । क्वारेन्टाइनमा ६३२ जना रहेका छन् भने आइसोलेसनमा १७९०९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।