दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन



बैतडी । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ ।

कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले शनिबारदेखि मङ्सिर २२ गतेसम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय सङ्क्रमित रहेका र नगर क्षेत्रमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गर्ने निर्णय भएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन् ।

लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दूरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजेसम्म मात्रै खोल्न पाइनेछ ।

यस्तै अतिआवश्यकबाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निर्णय भएको छ । यसैगरी रुखाखोकी, ज्वरोका बिरामीले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गर्नुपर्ने, नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निर्णयमा उल्लेख गरिएको छ ।

यस्तै नगर क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाले हप्तामा तीन दिन आइतबार, मङ्गलबार र बिहीबार मात्रै सेवा प्रवाह गर्ने, नगर क्षेत्रभित्र रहेका सङ्घीय र प्रदेश सरकार मातहतका कार्यालय बन्द गर्न अनुरोध गर्ने, परीक्षाबाहेक सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने, विवाहमा १० जना मात्रै सहभागी हुन दिनेलगायतका निर्णय गरेको छ ।

यस्तै धार्मिकस्थल तथा मन्दिरमा नित्यपूजाबाहेक भीडभाड हुने खालका सबै मेला तथा पर्वमा रोक लगाउने निर्णयसमेत भएको छ । लकडाउनको अवधिमा औषधि पसल खोल्न पाइनेछ भने एम्बुलेन्स सञ्चालन गर्न पाइने छ । कसैले अत्वाश्यक आवतजावत गर्नुपरेमा वडा कार्यालयको सिफारिसमा मात्रै आवतजावत गर्न दिने निर्णय भएको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने

बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक