पूर्वयुवराज पारस शाह अस्वस्थ



चितवन । पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन् । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको हो ।

शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ । रेग्मीका अनुसार, उनलाई होटलमै इसिजी गरिँदै छ । यसैगरी रगत परीक्षण गर्न लागिएको उनले जानकारी दिए । रेग्मीले भने, “उहाँको स्वास्थ्य परीक्षण गरेर इसिजीलगायत परीक्षणका लागि हामी अस्पताल आएका छौँ । उहाँको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ ।” इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनले जानकारी दिए ।

रेग्मीका अनुसार शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विघटन ठीक/बेठीकभन्दा पनि संविधानमा भएको व्यवस्थालाई ध्यानमा राखेर न्याय निरुपण हुनुपर्छ’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ

थप ३१८ जनामा कोरोना संक्रमण, ३८३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी १५ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भएको र अमेरिका पठाइदिन्छु भन्दै

भारतले नेपाललाई अनुदानमा दियो १० लाख डोज कोभिड-१९ खोप

काठमाडौं । भारतले नेपाललाई कोरोना भाइरसविरुद्ध १० लाख डोज खोप उपलब्ध गराउने भएको