भीमेश्वर मन्दिरको शिलामा पसिना



काठमाडौं । दोलखाको भीमेश्वर मन्दिरको शिलामा मंगलबार दिउँसो पसिना आएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ५४ मिनेटसम्म शिलामा पसिना आएको हो । शिलामा पसिना आएपछि प्रचलित परम्परा अनुसार मन्दिरका पूजारी र गुठीयारहरुले पूजापाठ गरेका थिए ।

शिलामा पसिना आएपछि जिल्ला प्रशासन कार्यालय लगायत सुरक्षा निकायका प्रमुख मन्दिर पुगी मन्दिर पूजा व्यवस्थापन समितिका पदाधिकारीहरुसँग बैठक गरी बुधबार राष्ट्रपति समक्ष महाप्रसाद पठाउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । शिलामा पसिना आएको खबर सार्वजनिक भएपछि शिला पुछेको कपास लिनेको भीड लागेको थियो ।

‘पसिना’ पुछेको कपास राष्ट्रप्रमुख र सर्वसाधारणमा बाँड्ने चलन छ । राजाको शासनकालमा राजपरिवारबाट क्षमापूजा गर्ने चलन थियो भने हाल राष्ट्रपतिबाट पूजा गरिँदै आएको छ । भीमेश्वर मन्दिर पसिना आएमा देशमा ठूलो संकट आउने तथा राजनीतिक परिवर्तन हुने गरेको बताइन्छ । यसअघि २००७, २०२८, २०४६, २०७०, २०७४ सालमा पनि पसिना आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङ आउने पर्यटकको रोजाइमा होमस्टे

  मनाङ । पछिल्लो समय भ्रमणका क्रममा बसोबासका लागि घरबास (होमस्टे) रोजाइमा पर्ने

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

  काठमाडौँ ।  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट  ५० करोडभन्दा बढी राजस्व

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता