अब काठमाडौं उपत्यकामा लकडाउन नहुने



काठमाडौं । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिले संक्रमण न्यून भएका स्थानमा यसअघि बन्द भएका सेवाहरु सूचारु गर्न प्रस्ताव गरेको छ ।

मंगलबार बसेको सिसीएमसीको बैठकले कोरोनालाई मध्यनजर गर्दै यसअघि बन्द गरिएका सेवाहरु कोरोना संक्रमण न्यून हुँदै गएको स्थानमा खुल्ला गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेको हो ।

बैठकले कोरोना जाोखिम उच्च देखिएका स्थानको पहिचान गरि निश्चित क्षेत्रमा आवश्यकता अनुसार सिल गरि परिक्षणको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले अन्तर्राष्ट्रिय उडानहरु नियमित भएका अलावा अन्य देशहरुबाट पनि आवश्यकता अनुसार थप उडान गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।

बैठकले केही सेवा कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भए सेवा प्रवाह नै बन्द गरिने गरेकोमा अब संक्रमित कर्मचारीलाई आइसोलेट गरेर बाँकी कर्मचारीबाट सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय भएको उनले बताए ।

त्यस्तै काठमाडौं उपत्यकामा एकीकृत एम्वुलेन्स सेवाको पार्किङको समस्या देखिएकाले त्यसको व्यवस्थापन सम्बन्धित नगरले नै गर्नेगरि निर्णय गरिएको गुरागाईले जानकारी दिए ।

बैठकमा उपत्यकामा कोरोना संक्रमणको अवस्थाका बारेमा पनि छलफल भएको थियो । बैठकले उपत्यकामा परीक्षणको दायरा बढाउने निर्णय गरेको छ भने मेयर फोरमको सुझाव दिएअनुसार उपत्यकामा लकडाउन वा सील गर्ने कुनै सम्भावना नरहेको गुरागाँइले जानकारी दिए । त्यस्तै बैठकमा नेपालभर कोरोना संक्रमणको अवस्था तथा रोकथाम र नियन्त्रणका लागि भएका प्रयासका बारेमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।