वाग्मती प्रदेश प्रहरी कार्यालयले थाल्यो प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद कार्यक्रम



हेटौंडा । वाग्मती प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी कार्यालयमा कमान्डर वा प्रमुखलाई जवाफदेही बनाउन प्रदेश प्रहरी कार्यालयले प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद कार्यक्रम शुरु गरेको छ ।

प्रहरी सङ्गठनभित्र सबैलाई थप जवाफदेही बनाउन र सबै तहका प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी प्रमुखसँग आफ्नो समस्या वा गुनासो राख्न सहजता होस् भन्ने उद्देश्यले टेलिफोन संवाद शुरु गरिएको हो ।

तल्लो तहका प्रहरी कर्मचारीको गुनासो विभागीय रुपमा समाधान गर्ने उद्देश्यले सबै तहका कर्मचारीलाई प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवादको व्यवस्थापन मिलाइएको प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिए । यो संवाद कार्यक्रमले सानो वा ठूलो तहका प्रहरी कर्मचारीले आफ्नो समस्या वा गुनासो आफू कार्यरत कार्यालयको प्रमुखबाट समाधान हुन नसके प्रदेश प्रहरी प्रमुखसँग सहजै रुपमा टेलिफोनमार्फत संवाद गर्न सक्नेछन् ।

आन्तरिक रुपमा सङ्गठनलाई व्यवस्थित गर्न र तल्लो तहका प्रहरी कर्मचारीको गुनासो वा समस्या माथिल्लो तहको कर्मचारीले व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी बोध गराउन संवाद शुरु गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । तल्लो तहदेखि अधिकृतस्तरका कर्मचारीका लागि सातामा फरक फरक समय विभाजन गरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षकसँग टेलिफोन संवाद गर्न सक्नेछन् ।

जुनियर प्रहरी अधिकृतहरुका लागि आज बिहान ९ देखि १० बजेसम्म दुई घण्टा, प्रहरी जवान र हबल्दारहरुका लागि शुक्रबार बिहान ९ देखि १० बजेसम्म दुई घण्टा र माथिल्लो अधिकृत दर्जा प्रहरी कर्मचारीका लागि जनुसुकै समयमा पनि प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद गर्न सक्नेछन् । प्रहरी सङ्गठनलाई आन्तरिकरुपमा चुस्तदुरुस्त राख्न सो अभियानले सहयोग पुग्ने विश्वास लिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’

पोखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा

बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएपछि…

ललितपुर । ललितपुरको टीकाथलीमा बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएको छ । मंगलबार

ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब लाग्ने

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक

४८ दशमलव पाँच मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव