कोरोना संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु
काठमाडौं । चितवनको भरतपुरकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २१ की ७३ वर्षीया महिलाको उपचारका क्रममा मंगलबार बिहान ११ः४५ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । कात्तिक २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएकी उनलाई कात्तिक २५ गते कोरोना पुष्टि भएको थियो ।