बहालवाला निजामती कर्मचारीले अब लोकसेवाको तयारी कक्षा तथा प्रशिक्षण दिन नपाउने



काठमाडौँ । बहावाला निजामती कर्मचारीहरुले लोकसेवा आयोगको तयारी कक्षा तथा प्रशिक्षण जान नपाउने भएका छन् । सरकारले तयारी कक्षा तथा प्रशिक्षण कार्यक्रममा पढाउन जान रोक लगाएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो निर्णय गरेको हो । यो निर्णयपछि यसअघि अनुमति लिएर तयारी कक्षा तथा प्रशिक्षणमा संलग्न हुनेहरुलाई समेत बन्देज लाग्नेछ । मन्त्रालयले नयाँ मापदण्ड नबनेसम्म स्वीकृति नदिनसमेत मातहतका निकायलाई परिपत्र गरेको छ ।

मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, सहसचिव र त्यो भन्दा माथिका कर्मचारीले मन्त्रिपरिषद् र सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई तयारी कक्षा लिन पाउने छैनन् । यो बन्देज लोकसेवा आयोगको विज्ञापन अनुसारका तयारी कक्ष तथा अन्य निकायका प्रतिस्पर्धाका तयारी कक्षाहरुमा समेत लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६ महिनापछि गाउँ फर्किए तिङ्करवासी

दार्चुला । दार्चुलाको उत्तरी सिमानामा अवस्थित तिङ्कर गाउँमा स्थानीयहरु छ महिनापछि गाउँ फर्किएका

मधेस प्रदेशमा १२ अर्ब ७० करोड लागतका ६४ सडक योजनाको एकैपटक शिलान्यास

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी तथा ठूलो लगानीका

राजेन्द्र लिङ्देनको चेतावनीः हाम्रो भद्रतालाई कमजोरी ठानियो भने लडाइँ सुरु हुन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई

पोखरामा अलपत्र परेका यात्रुलाई सशस्त्र प्रहरीको स्कर्टिङ्गमा गन्तव्यमा लगिँदै

काठमाडौं । पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्याउन आइतबार पनि स्कर्टिङ्ग गरिएको छ