काठमाडौंका चार वटा प्रयोगशालासँग स्वास्थ्य मन्त्रालयको स्पष्टिकरण



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका चार प्रयोगशालासँग कोभिड १९ परीक्षणको विषयमा स्पष्टिकरण माग गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित पत्रकार सम्मेलनमा स्टार अस्पताल सेन्टर, डाइग्नोष्टिक ल्याबरोटोरी, सूर्य हेल्थ केयर र ह्याम्स अस्पतालसँग २४ घण्टाभित्र स्पष्टिकरण माग गर्न निर्देशन दिएको जानकारी दिए ।

केहीसमय अघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति प्राप्त प्रयोगशालामा कोभिड १९ परीक्षण गरि नेगेटिभ नतिजा भएको रिपोर्ट लिएर नेपाल वायुसेवा निगममार्फत काठमाडौंबाट हङकङ, दुबई, र जापान पुगेका नेपालीहरुको त्यहा पुनः परीक्षण गर्दा कोरोना पोजेटिभ नतिजा आएको थियो ।

उक्त विषयमा छानविन गर्न भन्दै सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कात्तिक २८ गते स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो । स्वास्थ्य मन्त्रालयले उक्त घटनाको विषयमा छानविन गर्न राष्ट्रिय स्वास्थ्य प्रयोगशालाका निर्देशकको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिले तीनवटा प्रयोगशालासँग स्पष्टिकरण माग गर्न निर्देशन दिएको प्रवक्ता गौतमले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को परीक्षण गर्ने सबै प्रयोगशालाहरुलाई कोभिड १९ परीक्षण गर्न लिइएका स्वाबका नमुनाहरु नेगेटिभ रिपोर्ट आएकाहरुको एक महिना र पोजेटिभ रिपोर्ट आएका नमुना तीन महिनासम्म स्टोर गर्नुपर्ने नियम लागू गरेको भएपनि ती प्रयोगशालाहरुले उक्त नियम पालना नगरेको डा गौतमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङको बडिगाडमा जिप दुर्घट, दुईजनाको मृत्यु, पाँच घाइते

  ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

ठमेलमा प्रहरी कुटपिटमा संलग्न अखिल नेता धरौटीमा रिहा

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका एमाले

यस्तो छ महाशिवरात्रीमा उपत्यकाको ट्राफिक व्यवस्थापन

काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न