गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ का ७९ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । त्यस्तै, पर्वतका ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ पुगेको छ ।