काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम



काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । “तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ”, मौसमविद् अर्यालले भने । दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुुस भएको छ । मौसमविद्का अनुसार पानी पर्यो भने अझै जाडो बढ्छ । तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्नाका साथै तराईका भूभागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव छ डिग्री र अधिकतम तापक्रम २२ दशमलव तीन डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव पाँच डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री सेल्सियस छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तेस्रो एनडिसी कोप–२९ का अध्यक्ष बाबायेभलाई हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह गर्न तेस्रो

चितवनको भरतपुरमा बाबुले गरे आफ्नै छोरी र भतिजको हत्या

चितवन । चितवनमा एक व्यक्तिले शुक्रबार धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

हरितगृह ग्यास उत्सर्जनमा हाम्रो भूमिका न्यून छ, तर हामीले असर भने धेरै भोगिरहेका छौँः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयम् मानवता

जलवायु प्रेरित प्रकोपहरूले मानव अस्तित्व र जीविकोपार्जनको जगलाई नै हल्लाइरहेको छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हिमालहरु मानव जातिका साझा स्रोत भएका