आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना



काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।

हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको छ । त्यस्तै प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानहरुलगायत गण्डकी, बागमती र प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच लाख ७० हजार घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार

नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजनाः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको

यस्ता छन् मन्त्रिपरिषद बैठकका ३० निर्णय

काठमाडौँ । सरकारले दमक भ्यू–टावरलाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको

आठ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कीर्ते गरी नक्कली कागजात बनाउँदै आएको गिरोह पक्राउ

काठमाडौँ । सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कागजात