कोरोना संक्रमणका कारण विदेशमा थप ८ नेपाली मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा थप आठजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण आठजना नेपालीको ज्यान गएको हो ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपालीको सङ्ख्या २९३ जना पुगेको छ । सङ्घका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४३९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये अनुमानित ४१ हजार ४३९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको सङ्ख्या ९१ प्रतिशत रहेको छ ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, वेलायत, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अरबमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।

यो साता नेपालमा मात्र दुई लाख ६ हजार ३५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीमध्ये एक लाख ६८ हजार १२९ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेहरुको सङ्ख्या ८१ दशमलव पाँच प्रतिशत रहेको छ । शनिबार साँझसम्म नेपालमा एक हजार २०२ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को स्वास्थ्य समिति ले चाडपर्वका बेला हुने ससाना भेटघाटहरु कम गर्न आग्रह गरेको छ । समितिका संयोजक डा सापकोटाले सोसियल डिस्ट्यान्स कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रहगरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा संवादको सचिवलयमा प्रधानमन्त्रीको निरीक्षणः तयारी चुस्त बनाउन निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा

मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र

दमौली । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र

मधेसका मुख्यमन्त्री सिंहलाई यसवर्षको महामूर्खको उपाधि

धनुषा ।  यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने

मोरङमा हात्तीको आक्रमणमा परी १३ वर्षमा १६ जनाले गुमाए ज्यान

बेलबारी । लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक