अखाद्य वस्तु प्रयोग गरेको भन्दै न्यूरोडको एक मिठाइ पसललाई दुई लाख रुपैयाँ जरिवाना



काठमाडौं । काठमाडौंको नयाँ सडकमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले गरेको नियमित अनुगमनका क्रममा म्याद गुज्रिएका र लेवल नभएका मिठाइ बनाउने सामान र रङ्गको प्रयोग गरेर अनुचित व्यापार गरेको भेट्टाएको थियो ।

अनुगमनको नेतृत्व गर्नुभएका कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीकाअनुसार तिहारमा प्रयोग हुने भाइ मसलाको मूल्यमा एकरुपता देखिएन । मिठाइ र फलफुलको गुणस्तर र मूल्यमा पनि निगरानी गर्नुपर्नेछ । यसलाई नियमित र आकस्मिक अनुगमनबाट नियन्त्रण गर्ने प्रयास भइरहेको छ । बजार नियमनका लागि महानगरले आफ्नै ऐन तर्जुमा गरिरहेको छ । ऐन जारी भएपछि अनुगमनको काम थप प्रभावकारी हुनेछ ।

नयाँ सडक काठमाडौंको प्रमुख व्यापारिक ठाउँ हो । ठूलो लगानीमा चलेको मिठाई पसलले खाद्य बस्तु उत्पादनमा प्रयोग गरेका सामान गुणस्तरहीन पाइयो । निरीक्षण अधिकृत भवानीकुमारी खतिवडा भन्छिन्, ‘अनुचित व्यापारिक क्रियाकलाप गरेकोले स्वस्तिकलाई २ लाख रुपैयाँ आर्थिक जरिवानासहित सुधारका लागि सुझाव पनि दिएका छौं ।’ कालीमाटीमा सञ्चालित वीणा टे«डिङ् कालीमाटीलाई खरिद बिल नभएकोले १० हजार रुपैयाँ जरिवाना गरिएको निरीक्षण अधिकृत खतिवडाले जानकारी दिइन् ।

तिहारमा प्रयोग हुने मसला, मिठाइ र फलफुलको गुणस्तर र मूल्यमा देखिएको अवस्थाबाट उपभोक्ताले गुणस्तरीय बस्तु र सेवामा सहज पहुँच पाउनु पर्ने अधिकार कार्यान्वयनमा समस्या देखिएको छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्छन्, ‘संविधानको धारा ४४ ‘क’ ले हरेक नागरिकलाई आफूले प्रयोग गर्ने बस्तु र सेवाको गुणस्तरमा सहज पहुँच पाउने अधिकारको व्यवस्था गरेको छ ।’ अनुगमनको विवरण दिँदै उनले भने, ‘मिठाइ पसलको भण्डारमा म्याद सकिएका मसलाका प्याकेट, रङ्का वोतल थिए । भान्सा कोठामा टाइल लगाइएको छ । तर, भुइँमा बसेर काम गर्दा खुट्टाको फोहोर पर्ने खतरा छ । कामदारले मास्क र पञ्जाको उचित प्रयोग गरेको देखिएन ।’

गल्ती भयो । सिक्ने क्रममा छु । पसलका सञ्चालक श्रवण घिरइयाले गल्ती स्वीकार गर्दै भने, ‘सकेसम्म राम्रै गर्छु भनेको हो । म्याद सकिएका मसला र रङ्का प्याकेट फिर्ता हुन सक्थ्यो तर कर्मचारीले गरिदिएनन् । जे होस्, मेरो पसलमा भएको त्रुटीको म नै जिम्मा लिन्छु । अब यसलाई सुधार गर्छु ।’

स्वस्तिक इन्द्रचोक नजिकैको मिठाइ पसल हो । पसल ७ तले भवनको भुइँ तलामा छ । भान्सा, स्टोर र कर्मचारी बस्नका लागि माथिल्ला ५ औं, छैंटौं र सातौं तला पनि स्वस्तिकले नै भाडामा लिएको छ ।

कार्तिक २३ गते महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले तिहार लक्षित नियमित अनुगमनका क्रममा खाद्य बस्तुमा मिठाइ, दूध तथा दूग्ध उत्पादन र फलफुल तथा फूलको मूल्य र गुणस्तरमा निगरानी गर्ने निर्णय गरेको थियो । त्यसपछि कृषि बिभागको अगुवाईमा कालीमाटीको महालक्ष्मी प्लाजाबाट बिक्री हुने मिठाइको अवस्था हेरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते गर्ने निर्णय

भक्तपुर । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले आगामी मङ्सिर

‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता

ललितपुर । ‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका आशीर्वादराज झाले दोस्रो स्थान

कैलालीमा गम्बोरो रोगले मरे पाँच हजार भन्दाबढी कुखुरा

कैलाली ।  कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच हजार बढी कुखुरा

दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

पाल्हीनन्दन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक