कोरोना नियन्त्रणका लागि छठपछि उपत्यकामा कडाई गर्न उपत्यका मेयर फोरमको सुझाव



काठमाडौं । काठमाडौं उपत्यका नगरपालिका फोरमले कोरोना नियन्त्रण र रोकथामका लागि तिहार र छठपछि उपत्यकामा कडाइ गर्न सरकारलाई सुझाव दिएको छ । फोरमले बुधबार उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलसँग छलफल गर्दै उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह देखिएको भन्दै कोरोना नियन्त्रण र रोकथामका लागि तिहार र छठपछि उपत्यकामा कडाइ गर्न सुझाव दिएको हो ।

कोरोनाको चेन ब्रेक गर्नका लागि निषेधाज्ञा वा लकडाउन गर्ने र त्यसको पूर्वतयारी गर्ने बिषयमा छलफल भएको फोरमका सचिव तथा मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

केही स्थानीय तह र संघीय सरकारबीचको समन्वय अभाव भएका कारण कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेकाले अब एकीकृत रुपमा नै कोरोना नियन्त्रण र रोकथामका लागि पहल गर्ने सहमति भएको उनले बताए । छलफलमा उपप्रधानमन्त्री एवं सीसीएमीका संयोजक पोखरेलले कोरोना नियन्त्रण र रोकथामका लागि सरकार गम्भीर भएर लागेको भन्दै सबै तहसँग सहकार्य गर्दै अघि बढ्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोल्पाको थबाङमा जीवन शर्माको ‘सिमली छायाँमा…’ प्रचण्डको छमछमी(भिडियोसहित)

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर ल्याइँदै गर्दा फरार भएका अभियुक्त पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट फरार भएका निशान परियार पुनः पक्राउ

बालकुमारीबाट १६८ थान मोबाइलसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौँको बालकुमारीबाट प्रहरीले १६८ थान मोबाइलसहित प्रहरीेले दुई जनालाई पक्राउ गरेको