काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिनभर संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी भएका छन् । त्यसक्रममा प्रधानमन्त्रीले नेपाल चीन सीमा किमाथांकामा स्थापित सीमा सुरक्षा पोष्ट र अरूण तेस्रो जलविद्युत आयोजनास्थलको निरीक्षण तथा कार्य प्रगतिको बारेमा जानकारी लिएका छन् र, जनसमुदायलाई सम्बोधन गरेका छन् ।
प्रधानमन्त्रीका साथमा उनकी पत्नी राधिका शाक्य, भौतिक योजना तथा निर्माण मन्त्री वसन्त नेम्वाङ, मुख्यमन्त्री शेरधन राई, सांसदहरू राजेन्द्र गौतम, परशुराम मेघी गुरूङ, डा. दिव्यासिंह शाह, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत भ्रमण टोलीमा सहभागी थिए ।
हेर्नुस् फोटोमा प्रधानमन्त्रीको संखुवासभा भ्रमण


























प्रतिक्रिया