स्वास्थ्य मन्त्रालयद्वारा कोरोनाको रोकथाम र उपचारको व्यवस्थापन गर्न ‘टेलिमेडिसिन’ सेवा शुरु



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘टेलिमेडिसिन’ सेवा शुरु गरेको छ ।

मन्त्रालयले विभिन्न आठ अस्पतालका १४ चिकित्सकलाई सम्पर्क व्यक्ति ( फोकल पर्सन) तोकी सो सेवा शुरु गरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनले कोभिड–१९ को व्यवस्थापनमा कुनै समस्या परेमा ती तोकिएका फोकल पर्सन चिकित्सकसँग अन्य चिकित्सकले फोन, इमेल र एसएमएसमार्फत परामर्श लिने बताए ।

“कोभिड–१९ उपचार व्यवस्थापन सम्बन्धमा प्रदेशभित्रका अस्पतालका चिकित्सकले सम्बन्धित प्रदेशको टेलिमेडिसिन हब अस्पताल र प्रदेश हब अस्पतालका चिकित्सकले केन्द्रीय हव अस्पताका चिकित्सकसँग परामर्श लिन सक्ने छन्,’’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुरको इमाडोलस्थित रङ पसलमा आगलागी

ढाका ।  बङ्गलादेशका सेना प्रमुखले गत अगस्टमा सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिको

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ