बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु
बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का ४५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।
कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेको बताइएको छ ।