माग पूरा गर्न कुलेखानीका तीनै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन



हेटौंडा । जाडो मौसम सुरुवात भएसँगै विद्युत् खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनवटै आयोजनाबाट क्षमताअनुसारकै विद्युत् उत्पादन गरिएको छ । कुलेखानी प्रथम आयोजनाबाट साविक क्षमताको ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रो आयोजनाबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रशारणमा जोडिएको छ ।

कुलेखानीबाट उत्पादित विद्युत् अहिले काठमाडौँ, पोखरा, विराटनगर, नेपालगञ्ज, झापा, भैरहवा, जनकपुर र महेन्द्रनगरमा आपूर्ति भइरहेको कुलेखानी प्रथम आयोजनाका प्रमुख धिरेन्द्र चौधरीले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणले विभिन्न शहरमा विद्युत्को आपूर्ति कम हुन गएमा कुलेखानी आयोजनाको उत्पादनमा कटौती गर्नुपर्ने अवस्था आउने सम्भावना रहेको उनको भनाइ छ ।

यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका—१ स्थित इन्द्रसरोवर जलाशयमा अहिले पानीको सतह भरिन करिब साँढे पाँच मिटर उचाइ बाँकी रहेको कुलेखानी प्रथम आयोजनाका नियन्त्रण कक्षका प्रमुख रामकुमार चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनुषामा बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दाबढी बिरामी

जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा

काठमाडौँको सुनधारामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

काठमाडौँ । काठमाडौँस्थित सुनधारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर सोमबार भएको दुर्घटनामा एक जनाको

तस्बिरमा हेर्नुस् उभौलीको उल्लास

काठमाडौं । किराँत समुदायले वैशाख पूर्णिमादेखि आफ्नो महान पर्व साकेला उभौली मनाउन सुरू

सडकबाटो बिग्रेपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द

चितवन । चितवनको चौकीडाडमामा सुरु गरिएको ‘प्याराग्लाइडिङ स्टेसन’सम्म पुग्ने सडकबाटो बिग्रिएपछि चालुअवस्थामा रहेको