विराटनगरमा उपचारका क्रममा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु



विराटनगर । विराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनकुटाकी ३२ वर्षीया र विराटनगरकी ५१ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बिहान मृत्यु भएको हो ।

धनकुटाकी महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बिहान ८ः१५ बजे मृत्यु भएको हो । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा बिहीबार कोरोना पुष्टि भएपछि उनलाई साँझ उपचारका लागि भर्ना गरिएको थियो ।

उनमा श्वासप्रश्वासको समस्या देखिएको बस्नेतले बताए । त्यस्तै विराटनगर महानगरपालिका वडा नम्बर ७ की ५१ वर्षीया महिलाको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ। अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार बिहान ८ बजेतिर महिलाको मृत्यु भएको हो ।

पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि गत बुधबार महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वास र उच्च रक्तचाप सम्बन्धी समस्या रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

भ्यानको ठक्करबाट नेपालगञ्जमा एक बालकको मृत्यु

  नेपालगञ्ज । नेपालगञ्जमा भ्यानको ठक्करबाट मगलबार एक जना बालकको मृत्यु भएको छ

ललितपुरको इमाडोलस्थित रङ पसलमा आगलागी

ढाका ।  बङ्गलादेशका सेना प्रमुखले गत अगस्टमा सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिको

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ