कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु
धनगढी । कैलालीमा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको शुक्रबार बिहान मृत्यु भएको हो ।
६३ वर्षीय शाहको शुक्रबार विहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको सेती प्रादेशिक अस्पताल जनाएको छ । शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए