उखु किसानका समस्या एक महिनाभित्र सम्बोधन गर्न उद्योग समितिको निर्देशन



काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको समस्या एक महिनाभित्र सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले उखु किसानको पारिश्रमिक लगायतका समस्या समाधानका लागि अन्य मन्त्रालयसँगको समन्वयमा एक महिनाभित्र समाधान गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

रौतहटको श्रीराम सुगर मिल्सले उखु किसानलाई दिनुपर्ने बक्यौता नदिएपछि समिति यस बिषयमा लामोसमयदेखि सरोकारवाला निकायसँग छलफल गर्दै आएको थियो भने श्रीराम सुगर मिल्सका प्रतिनिधिहरुले मिल्स अन्तर्गत रहेको सम्पत्ति बिक्री बितरण गरेपछि किसानहरुको बक्यौत्ता भुक्तान गर्ने बताएको थियो ।

बैठकले हाल चाडपर्वका समय भएकाले सम्बन्धित मन्त्रालयले उखु किसान र मजदूरहरुलाई तत्काल राहतस्वरुप केही रकम भुक्तानी दिइसक्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले समस्यामा परेका चिनी मिलहरुलाइ सहूलियत दिन सके मिलले निरन्तरता पाउने बताए ।

रुग्ण भएका उद्योगहरुको सम्पति बिक्री बितरण गरे नेपालमा औद्योगिक क्षेत्र नै धरासयी हुने उनको भनाई छ । मन्त्री भट्टले किसानको समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको जिकिर गरे ।

यसअघि उद्योगबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ व्यवस्था मिलाइदिन किसानहरुले समिति समक्ष माग गरेका थिए । रौतहटको गरुडास्थित २६ वर्ष पुरानो श्रीराम सुगर मिल्स बर्सेनि घाटामा रहेको कारण देखाउँदै गोल्छा अर्गनाइजेसनले बन्द गर्ने निर्णय गरेको थियो । जसका कारण ३ सय २५ जना मजदुरको रोजगारी गुमेको छ भने किसानहरुले बर्षौदेखिको बक्यौता पाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोकाकोला नेपालले ल्यायो ‘कोक बडी’ एप

काठमाडौं । कोकाकोला नेपालले ‘कोक बडी’ एप सार्वजनिक गरेको छ । राजधानीमा बुधबार

सरकारलाई एनसेलको शेयर बिक्रीबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न लेखा समितिको निर्देशन

  काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका

बालकृष्ण खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका

एनसेल खरिद बिक्रीबारे १५ दिनभित्र प्राधिकरणलाई यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ