कोरोना संक्रमणबाट हेटौंडाका ८२ वर्षीय वृद्धको मृत्यु
काठमाडौं । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित हेटौंडाका एक वृद्धको विहीबार बिहान मृत्युु भएको छ । कोरोना संक्रमणबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का ८२ वर्षीय वृद्धिको मृत्यु भएको अस्पतालले जनाएको छ ।
कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य थप जटिल हुँदै गएपछि आइसियूमा राखी उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।