नेपाल–चीन सीमा नेचुङमा सशस्त्रको बीओपी



काठमाडौं । गृह सचिव महेश्वर न्यौपानेले मुस्ताङको लोमाङ्थाङ ४ नेचुङमा निर्माण हुने सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट ( बिओपी ) को शिलान्यास गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित नेचुङ पुगेका न्यौपानेले बुधबार भवनको शिलान्यास गरेका हुन् । गत जेठ १५ गते भन्सार कार्यालय र कृषि क्वारेन्टाइनको भवनमा स्थापित बिओपी सदरमुकाम जोमसोमबाट १ सय ९ किलोमिटरको दुरिमा तथा समुद्र सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा रहेको छ ।

२४ कोठाको मौसम अनुकुलको हुने भवन करिब साढे ६ करोडको लागतमा एक बर्ष भित्र निर्माण भइसक्ने छ । असोजदेखि बैशाखसम्म नै भारि हिमपात हुने त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल १२ महिना नै तैनाथ रहने छ । हालसम्म देशभर सशस्त्र प्रहरी बलका १ सय १८ वटा बिओपी स्थापना भएका मध्ये उत्तरी सिमानामा ७ वटा रहेका छन् ।

बिओपी स्थापना भएसँगै मुस्ताङको उत्तरी सिमानामा सशस्त्र प्रहरीले सीमा अनुगमन, पिल्लर निरीक्षण, काउन्टरपार्टस्सँग समन्वय तथा नियमित गस्ती पट्रोल गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बर्खायाममा यातायात नियमित सञ्चालन हुनसक्ने गरी बिपी राजमार्गको मर्मत गरिँदै

काभ्रे । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको

थापाथलीमा पाइप फुट्दा सडकमा बग्यो मेलम्चीको पाँच लाख लिटर पानी

काठमाडौं ।  थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी

जुम्लाको चेरेचौरबाट हिउँले सेताम्मे देखिएका फाँट(तस्बिरमा)

जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरेचौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू । तस्बिर : विजय

पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’

पोखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा