सुनसरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरीकी ९ वर्षीया बालिका र धरानकी ६१ वर्षीया महिला छन् ।
उनीहरुको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । ६५ वर्षीया महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कात्तिक ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् ।
श्वास प्रश्वास र उच्च रक्तचापबाटसमेत पीडित उनको आज बिहान सवा ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी ९ वर्षीया बालिकाको आजै बिहान ३ः२५ बजे मृत्यु भएको हो । ती बालिकामा यही कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई भोलिपल्टै कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।