पूर्वसभामुख महराकी पत्नी सीता महराको निधन



काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

दसैँमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमासमस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। गत १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ । उनी विगत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन् । कृष्णबहादुर महरासँग उनको विवाह २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१४ किलो सुन तस्करी प्रकरणः कलेजका कार्यकारी अध्यक्ष गुरुङ पक्राउ

काठमाडौं । प्रहरीले १४ किलो सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार

म्याग्दीको नारच्याङमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन एकाइ स्थापना

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन ‘बेस’ (एकाइ)

किसानलाई जङ्गली जनावरबाट बाली जोगाउन सकस

कञ्चनपुर ।  कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय

प्रधानसेनापतिद्वारा उपरथीमा पदोन्नति भएका थापा र श्रेष्ठलाई दज्र्यानीचिह्न प्रदान

  काठमाडौँ  । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नति भएका सुनिल श्रेष्ठ, अनुपजङ्ग थापा