एक्सन एडद्वारा सरकारलाई ९ हजार ४५७ थान पिपिई प्रदान



काठमाडौं । एक्सन एड नेपालले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारलाई व्यक्तिगत सुरक्षा उपकरण पिपिइ हस्तान्तरण गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक्सन एड नेपालले ९ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री पिपिई उपलब्ध गराएको हो ।

एक्सन एड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्री हस्तान्तरण गरिन् ।

कार्यक्रममा एक्सन एड नेपालकी कार्यकारी निर्देशक माथेमाले कोरोनाको उपचारका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षालाई ख्याल राख्दै व्यक्तिगत सुरक्षा उपकरण पिपिइ प्रदान गरिएको बताइन् । उनले आगामी दिनमा पनि कोरोना नियन्त्रण र रोकथामका लागि सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

  चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा