प्रस्तावित राजदूतत्रयको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने



काठमाडौं । अमेरिका, वेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको यही कात्तिक २७ गते संसदीय सुुनुुवाइ हुने भएको छ । संसदीय सुुनुुवाइ समितिको सोमबारको बैठकले तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुुनुवाइ कात्तिक २७ गते बिहीबार हुने निर्णय भएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सरकारले गत असोज १५ गते पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिश गरी संसदीय सुुनुवाइका लागि उनीहरुको नाम समितिसमक्ष पठाएको थियो ।

समितिले प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्तालाई सार्वजनिक लिखित सूूचना जारी गरी आमन्त्रण गरेकामा आजको बैठकमा कुनै उजुरीकर्ता उपस्थित भएनन् ।

उजुरीकर्ताको नाम, नम्बर र वतन स्पष्ट नखुलेपछि समितिले १० दिने लिखित सूचना जारी उजुुरीकर्तालाई बोलाएको थियो । प्रस्तावित राजदूत डा खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजुरी परेका छन् ।

समितिको असोज २१ गतेको बैठकले प्रस्तावित राजदूत सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भएमा १० दिनभित्र समितिसमक्ष उजुरी दिन सर्वसाधारणसँग उजुरी आह्वान गर्दै सूचना प्रकाशित गरेको थियो ।

प्रस्तावित राजदूतत्रयसँग योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि राजदूतका लागि उपयुक्त हो/होइन ठहर्याई समितिले आवश्यक निर्णय लिनेछ । प्रस्तावित नाम अनुमोदन भएमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट उनीहरुलाई राजदूत नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च

बजार मोहले खाम भाषा संरक्षणमा चुनौती

बागलुङ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन

गोरखाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात

गोरखा । उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको

बाह्रबिसेमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक । आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी