प्रचण्डसँग कर्णाली प्रदेश सरकारको विषयमा छलफल भएको हो, पार्टी फुट्दैनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यममा आएजस्तो नेकपा फुट्ने संकेत नभएको बताएका छन् । ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रिय सभाहलको निरीक्षण गर्न आइतबार पुगेका प्रधानमन्त्री ओलीले पार्टी फुट्ने संकेत नभएको बताएका हुन् ।

उनले पार्टीको विषयमा छलफल भएपनि उक्त छलफल कर्णाली प्रदेश सरकारको विषयमा केन्द्रित भएको जिकिर गरे । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको विषयमा भइरहेका छलफलको विषयमा आफूले सोधेको भन्दै प्रधानमन्त्री ओलीले पार्टीलाई ठिक ढंगले अगाडी बढाउनुपर्छ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको बताए ।

प्रधानमन्त्री ओली आइतबार ललितपुरको गोदावरीमा निर्माण भईरहेको अन्तर्राष्ट्रिय सभाहलको निरीक्षण गर्न पुगेका थिए । झण्डै तीन हजार सिट क्षमताको सभाहल हाल निर्माणधीन अबस्थामा रहेको छ । लामो समयदेखि बालुवाटारबाट बाहिर ननिस्किएका प्रधानमन्त्री ओली पार्टी अन्तरकलह चर्किएको र महासचिव बिष्णु पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा आईपुगेको सन्देश प्रवाह गरेकै दिन बालुवाटारबाट बाहिर निस्किएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षकहरुको आन्दोलन थप चर्किँदै, के हुन्छ कक्षा १२ को परीक्षा ? विद्यार्थी अन्यौलमा

काठमाडौं । नेपाल शिक्षक महासंघको आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने कि

लागुऔषधसहित १२ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ परेका छन्। मकवानपुर,

दैनिक हुने प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती

काठमाडौँ । नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौँ

पर्यटकका पर्खाइमा बयली

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-५ मा रहेको बयली ओझेलमा परेको छ । समुद्री सतहबाट