सवारी साधनमा भाडादरको विवरण नटाँस्नेलाई कारबाही



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण नटाँसी यात्रुसँग बढी भाडा लिने सवारीसाधनलाई कारबाही गर्ने भएको छ । महाशाखाले काठमाडौं उपत्यकाका सबै सार्वजनिक सवारी साधनहरुमा भाडादरको विवरण टाँस्नुपर्ने र भाडादरको विवरण नटाँसी यात्रुसँग बढी भाडा असुल्ने यातायातहरुलाई कारबाही गर्ने जनाएको हो ।

प्रहरीले शुक्रबार देखि नै अभियानकै रुपमा सवारी साधनहरुमा भाडादरको विवरण समेत टाँसिदिएका छन् । सार्वजनिक सवारी साधनले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफनो गन्तव्यसम्मको भाडादर सजिलै थाहा पाई ठगिनबाट रोक्नका लागि यात्रुले देखिने भाडादरको लिष्ट सवारीमा अनिवार्य राख्न कडाइ गरेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले बताए । उनले सवारी साधनले त्यस्तो लिष्ट नराखेको पाइए नियमअनुसार कारबाही गरिने बताए ।

यातायातमा भाडादरको विवरण टाँस्नुपर्ने भन्दै प्रहरीले अभियान नै चलाएपछि सवारी चालकहरुले पनि उक्त नियमप्रति सहमति जनाउँदै भाडादरको विवरण यातायातामा टाँस्ने बताएका छन् । यात्रुवाहक सवारीसाधनले तोकेको भन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको भन्दै काठमाडौ उपत्यकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको छ ।

सडक र सवारी प्रयोगकर्ताहरुलाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ । माहाशाखाले ठूलो आवाज तथा मोडिफाई गर्ने, हर्न बजाउने, ढोका खुल्ला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्ने लगाएत ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई समेत कारवाही गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
करिव आठ करोड रुपैयाँ बराबरको कोकिनसहित काठमाडौंबाट तीनजना पक्राउ

काठमाडौं । प्रहरीले ठूलो परिमाणमा लागूऔषध कोकिनसहित तीन जनालाई पक्राउ गरेको छ ।

तनहुँको घुम्ती-रानीटारी खण्डमा स्तरोन्नति धमाधम

तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारी खण्डमा स्तरोन्नति कार्य धमाधम भइरहेको

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी

स्याङ्जा । स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

  काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ