धानको न्यूनतम समर्थन मूल्य तोकिएपनि किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य



काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपनि किसानहरु सस्तो मूल्यमा विक्री गर्न बाध्य भएको सरोकारवालाहरुले बताएका छन् ।

कृषि मन्त्रालयमा बिहिबार एसोसियशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्ट्ले आयोजना गरेको धानको सर्मथन मुल्य कार्यान्वयनको अवस्था र भावी कार्यदिशा नामक संवाद कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीले न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्था गर्ने निर्देशिकामा कृषकले धान बिक्री गरेको १५ दिनभित्रै रकम भुक्तानी पाउने व्यवस्था गरिएको बताए ।

उनले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्य किसानलाई दिने ग्यारेण्टी गर्न, समर्थन मूल्यको परिपाटी व्यवस्थित गर्न र बजारीकरण सुनिश्चित गर्न निर्देशिका ल्याइएको बताए । त्यस्तै धान खरिदका लागि पहिलो पटक पूर्ण रुपमा सहकारीको परिचालन गर्न लागिएको भन्दै परियोजना सफल भए कृषि उत्पादन, मूल्य र बजारीकरणमा नेपाल नयाँ युगमा प्रवेश गर्ने उनको दाबी छ ।

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले सरकारको निर्णय कार्यान्वनयका लागि आफूहरू तयार रहेको बताए । उहनले किसानको खेतबाट उठाउने धानको गुणस्तर, सरकारले तोकेको मूल्य र भण्डारणमा चुनौती रहेपनि सामना गर्न तयार रहेको भन्दै सरकारका प्रतिनिधिले यो अभियानमा साथ दिनुपर्ने बताए ।

न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्था गर्ने निर्देशिकामा कृषकले धान बिक्री गरेको १५ दिनभित्रै रकम भुक्तानी पाउने व्यवस्था गरिएको छ । किसानलाई पैसा नतिरेसम्म सहकारीले अनुदान नपाउने व्यवस्था गरिएको छ ।

त्यस्तै नीति अनुसार यस आर्थिक वर्षका लागि मोटा धानको प्रति क्वीण्टल २ हजार ७३५ रुपैया, मध्यम धानको प्रति क्वीण्टल २ हजार ८८५ रुपैया न्यूनतम समर्थन मुल्य निर्धारण गरिएको छ । खरिद गरेको धानको भण्डारण, प्रशोधन र बिक्रीको जिम्मा सहकारीकै हुने निर्देशिकामा जनाइएको छ । किसानसंग धान किन्ने सहकारीले सरकारबाट प्रतिक्वीन्टल १ सय १२ रुपैयाँ अनुदान पाउने जनाइएको छ ।

देशभर यस वर्ष करिब १५ लाख हेक्टरमा धान खेति भएको छ भने करिब ५६ लाख मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयको आनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा

गजलकार प्रकट पगेनीको निधन

गण्डकी । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ। जन्डिस

बैतडीमा एक बालिकाको बलात्कारपछि हत्या, काका पक्राउ

सुदूरपश्चिम । बैतडीमा एक बालिकाको हाडनाताकरणीपछि हत्या भएको खुलेको छ। जिल्लाको पुर्चौडी नगरपालिका–४