नेपालगञ्जबाट २९ लाखसहित १० जना जुवाडे पक्राउ



बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जमा जुवाको खालमा छापा मारी २९ लाखसहित १० जनालाई पक्राउ गरेकोे छ ।

नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्क निवासी कृष्णप्रसाद वलीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले छापा मार्दा रु २९ लाख ४८ हजार ७०० नगदसहित १० जनालाई नियन्त्रणमा लिइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।

उनका अनुसार, तास खेलिरहेका नेपालगञ्ज–४ निवासी सन्तोष थापा, नवीन घिमिरे, पब्लु भण्डारी, सन्तोष वली, कृष्णबहादुर सुवेदी, तरुण गौतम, नेपालगञ्ज–६ निवासी मेघनाथ कुचबधिया, नेपालगञ्ज–१० निवासी टोपबहादुर शाही, नेपालगञ्ज–७ निवासी रविन राणा र नेपालगञ्ज–१ निवासी रहमान मियालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई कानूनबमोजिम कानुनी कारबाही अगाडि बढाइएको प्रहरी उपरीक्षक रानाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षकहरुको आन्दोलन थप चर्किँदै, के हुन्छ कक्षा १२ को परीक्षा ? विद्यार्थी अन्यौलमा

काठमाडौं । नेपाल शिक्षक महासंघको आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने कि

लागुऔषधसहित १२ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ परेका छन्। मकवानपुर,

दैनिक हुने प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती

काठमाडौँ । नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौँ

पर्यटकका पर्खाइमा बयली

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-५ मा रहेको बयली ओझेलमा परेको छ । समुद्री सतहबाट