दशैंको समयमा तास र कौडा खेल्ने २० जना पक्राउ



चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ ।

चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले सात जना, इलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले सात र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए ।

उनीहरुको साथबाट दुई लाख ४६ हजार ७ सय ६५ रूपैयाँ, खेलमा प्रयोग गरेको कौडा र तास बरामद भएको उनले बताए । उनका अनुसार कात्तिक १ गतेदेखि आजसम्मको अवधिमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । सामूहिक रुपमा ठूलो धनराशी बाजी राखेर खेलेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारलाई एनसेलको शेयर बिक्रीबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न लेखा समितिको निर्देशन

  काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका

बालकृष्ण खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका

एनसेल खरिद बिक्रीबारे १५ दिनभित्र प्राधिकरणलाई यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ

कवाडी गोदाममा आगलागी हुँदा विराटनगरमा दुईजनाको मृत्यु

विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । एक