दशैं बिदापछि खुलेको शेयर ३ वर्षयताकै उच्च विन्दुमा,नेप्से ४१.२० अङ्कले बढ्यो



काठमाडौं । दसैँ बिदाको ५ दिन पछि बुधबार खुलेको धितोपत्र बजारमा शेयर कारोवार रकम र सूचकका आधार दुबै बढेको छ ।

दसैं बिदा अघिको दिनपनि बढेर बन्द भएको थियो । गत बिहीबार नेप्से सूचक १ हजार ६ सय ६ दशमलव २५ विन्दुमा बन्द भएको थियो । नेपाल स्टक एक्सचेज (नेप्से) परिसूचक ४१ दशमलव २० अङ्कले बढेर १ हजार ६ सय ४७ दशमलव ४६ विन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९ दशमलव २१ अंकले बढेर ३ सय २७ दशमलव ७६ बिन्दुमा रोकिएको छ ।

बुधबार बैंकिङ समूह एकैदिन ४ दशमलव २७ प्रतिशत बढेर १ हजार ३ सय ४७ दशमलब २३ अङ्कमा पुगेको छ । विकास बैंक समूहमा २ दशमलव ९१ प्रतिशतबाहेक अन्य उपसूचकमा भने सामान्य बढेको छ । बुधबार एक सय ६७ कम्पनीको शेयर कारोबार भएकोमा एक सय ३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ । २५ वटा कम्पनीको मूल्य घट्दा १० वटा कम्पनीको मूल्य भने तटस्थ रहेको छ ।

बढ्दो बजारमा पनि मूल्य गुमाउनेमा भने धेरैजसो हाइड्रोपावर कम्पनी रहेका छन् । बजार खुलेको सुरुमा सामान्य उतारचढाव देखिए पनि बुधबार समग्र बजार अन्तिमसम्म पनि निरन्तर रुपमा बढेर बन्द भएको छ । विशेष गरेर बुधबार वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण हुँदा नेप्सेमा उछाल आएको हो ।

वाणिज्य बैंक समूहको प्रतिनिधित्व गर्ने बैंकिङ समूहको सूचक ४ दशमलव २७ प्रतिशतले वृद्धि हुँदा नेप्से २ दशमलव ५७ प्रतिशतले बढेको छ । यस्तै होटल ३२ दशमलव ८५, विकास बैंक ६० दशमलव ९७, वित्त कम्पनी १३ दशमलव ३८, निर्जीबन बीमा ४७ दशमलव ०७, जीवन बीमा १ सय १० दशमलव ६८, माइक्रोफाइनान्स समूहको उपसूचक २५ दशमलव १९ अंकले बढेको छ ।

२०७२ मा अहिलेसम्मकै उच्च १ हजार ८ सय ८१ अंकमा पुगेर झरेको नेप्सेले पुनः सोही विन्दु पछ्याउँदै गएको देखिन्छ । २०७७ साउन २६ गते नेप्से १ हजार ६ सय ५३ दशमलव ५३ अंक थियो । त्यसपछि लगातर घटेको नेप्से १ हजार १ सय अंकसम्म झ¥यो ।

बुधबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । १ सय ८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता सेयर २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार ६९ रुपैयाँको कारोबार भएको छ । ४२ हजार ६ सय १८ वटा कारोबारबाट उक्त रकमको सेयर किनबेच भएका हो । शेयर बजारको लागि चाडपर्वको अवधि ‘अफ सिजन’ मानिन्छ । अघिल्ला वर्षहरुमा दशैँको घटस्थापनादेखि छठपर्वसम्मै बजार खस्कन्थ्यो । तर यो वर्ष दशैँ बिदा सकिएलगत्तै बजार सकारात्मक भएको छ ।

कोभिडका कारण यो वर्ष नेपालीले परिवारमा मात्रै दसैँ सीमित गर्दा बैंकमा लगानीकर्ताको ध्यान गएसंर्गै कारोबार रकमसँगै नेप्सेमा पनि उछाल देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी