भारतीय सेनाध्यक्ष कात्तिक १९ गते नेपाल आउने,मानार्थ महारथीको दर्जा दिइने



काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कात्तिक १९ गते नेपाल आउने भएका छन् ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणतालिकाबारे जानकारी गराएको हो ।

कात्तिक १९ देखि २१ गतेसम्म नेपाल भ्रमणमा रहने नरवणेलाई कात्तिक २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ ।

साथै भारतीय सेनाध्यक्षले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । सेनाध्यक्ष नरवणे चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउने पनि नेपाली सेनाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गङ्गाजमुना गाउँपालिका संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन बढाउँदै

बसेरी (धादिङ) । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन

म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६०

इलाममा सुहाङको आठ हजार नाघ्दा घण्टीको १३ सय मत

फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा

इलाममा दुई हजार मतान्तरले सुहाङको अग्रता

इलाम । इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले दुई