शहीद स्मारक बाह्य पर्यटकको आकर्षण बन्दै



मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ ।

अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । मकवानपुरका आठ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिका क्षेत्रमा बसोबास गरेका आदिवासी जनजातिको वेशभूषा, रीतिरिवाज, धर्मसंस्कृतिका झलक तथा उनीहरुले प्रयोगमा ल्याएका भाँडावर्तन र औजार संग्रहालयमा राखिने शहीद स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले जानकारी दिए ।

स्मारक परिसरमा शहीद अध्ययन अनुसन्धान केन्द्र स्थापना गरी शहीदको जीवनी र तिनले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानबारेका सामग्री पनि राखिने छ । शहिद स्मारकमा एउटै ठूलो ढुङ्गामा कँुदिएको १२ शहीदको आकृति र छुट्टै चिडियाघर पनि स्थापना गरिएको छ ।

स्मारक अहिले झोलुंगेपुल, थाहा स्तम्भ, बुद्ध प्रतिमा, मनमोहन उद्यान, पौडी पोखरी, वनभोजस्थललगायत एक सिंँगे गैँडाको प्रतिमा स्थापना गरी बाह्य र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताए । स्मारकमा भारतका विभिन्न शहर तथा भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्सलगायत देशका पर्यटक पनि अवलोकनका लागि आउने गरेका छन् ।

समितिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा बाह्य र आन्तरिक पर्यटक गरी चार लाख १० हजार पर्यटकले स्मारकको अवलोकन गरेको र त्यसबाट एक करोड २५ लाख आम्दानी गरिएको छ ।

यसैगरी, स्मारक भित्र हरियाली वातावरणलाई अझ संरक्षण गरी जिल्लाका अन्य क्षेत्रमा रहेका पर्यटन स्थानको व्यवस्थापन गरी बाह्य पर्यटक भित्र्याउन थानाभ¥याङदेखि भैरव डाँडाको मनमोहन भ्यु टावर र स्मारक जोड्ने थप सडक निर्माणका लागि वाग्मती प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुर्गा प्रसाईंंको हतियार इजाजत दिन नमिल्ने र देशभर लैजान पाउने गरी इजाजत नदिइएको छानबिन समितिको निष्कर्ष

  काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन

स्टिङ अपरेसन टोलीका सदस्यको बयान फेर्ने विषयमा आफ्नो नाम उल्लेख भएकोमा अख्तियारको आपत्ति, छानबिन थाल्न माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिधाकुरामा प्रसारित भिडियोका सम्बन्धमा तत्काल छानबिन गर्न

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण

काठमाडौँ । रामेछापका लागि उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौँमा

चलचित्र ‘माइतीघर’का अभिनेता सिपी लोहनीको निधन

  काठमाडौँ ।  निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’ का अभिनेता सिपी लोहनीको