भोलि देखि क्लिनफिड लागू हुन्छ : मन्त्री गुरूङ



काठमाडौं । सरकारले कात्तिक ७ गते भोलि देखि नेपालमा क्लिनफिड लागू गर्ने भएको छ ।

कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले शुक्रबारदेखि नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनिरहित (क्लीनफीड) लागू गरिने जानकारी दिएका हुन् ।

कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्नेगरी कानुनी तथा संस्थागत तयारी समेत पूरा भएको मन्त्री गुरुङले जानकारी दिए । उनले विज्ञापन नियमन गर्ने ऐन, २०७६ ले २०७७ कात्तिक ७ गतेदेखि क्लीनफीड लागू गर्ने व्यवस्था गरेअनुसार नै तयारी पूरा भएको बताए । उक्त ऐनको दफा ६ मा नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापनरहित सामग्री प्रशारण गर्ने र नेपाली च्यानलहरूले विदेशी विज्ञापन प्रसारण गर्दा डबिङ गरेको सामग्री प्रयोग गर्न नसक्ने उल्लेख गरिएको छ ।

क्लीनफिड लागू गर्नका लागि विज्ञापन बोर्डको गठन गरिएको र त्यसको अध्यक्षमा मन्त्रालयका सहसचिव डिल्लीराज शर्मालाई नियुक्ति दिइएको मन्त्री गुरुङले जानकारी दिए । बोर्डले अनुगमनको लागि संस्थागत तयारी गरिसकेको र कात्तिक ८ गतेदेखि निरन्तर अनुगमन गर्ने पनि उनले बताए ।

मन्त्री गुरुङले नेपालमा विदेशी च्यानल प्रशारण गर्ने संस्थाहरूलाई त्यसबारे जानकारी दिइसकिएकाले क्लीनफीड नभएमा कानुनअनुसार कारबाही हुने पनि जानकारी गराइएको बताए ।

त्यस्तै सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रुपमा २४ अर्ब सहुलियतपूर्ण ऋण लिने भएको छ । कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकले सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

त्यस्तै मन्त्री परिषद बैठकले नेपाली श्रमिक उपलब्ध नभएको अवस्थामा श्रम कानुनले निर्दिष्ट गरेको प्रक्रिया पूरा गरी उत्पादनशील उद्योगलाई भारत, चीन लगायत अन्य मुलुकबाछ श्रमिक ल्याउन अनुमति दिने, न्यूनतम समर्थन मुल्यमा धान खरिद र व्यवस्थापन गर्ने निर्देशिका २०७७ स्वीकृत गर्ने निर्णग गरेको छ ।

त्यसैगरी नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आषिश गजुरेललाई नियुक्त गर्ने, परराष्ट्र नीति २०७७ स्वीकृत गर्ने लगायत १६ वटा निर्णयहरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन्

वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न पहिचानवादी युवाहरूको अपील

काठमाडौं। पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै विकास निर्माण अघि बढाउन

भूकम्पको एकदशकः भत्किएका संरचना अझै अधुरा

प्रगति ढकाल, काठमाडौं । २०७२ को विनाशकारी (गोरखा) भूकम्पको दृष्यले हरेक वर्ष वैशाख

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको