कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्न सरकारलाई सभापति देउवाको आग्रह



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका न्छ ।

सभापति देउवाले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम निशर्त, विनाभेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गरे ।

सभापति देउवाले बिहिबार एक विज्ञप्तिमार्फत कोरानाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको वर्तमान अवस्थामा जनताको अभिभावकका रुपमा उभिन सरकारलाई सुझाव दिएका छन् ।

उनले कोभिड–१९ को परीक्षण र सङ्क्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउन पनि माग गरेका छन् । उनले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सोती घटनाका पाँच जनालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

सुर्खेत । उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित छ

उपल्लो र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने

भीमेवर । उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको

रुपन्देहीको सैनामैनामा स्मार्ट रिफ्रेस सेण्टर स्थापना गरिने

बुटवल । रुपन्देहीको सैनामैनामा नेपालकै पहिलो स्मार्ट रिफ्रेस सेण्टर स्थापना गरिने भएको छ

गुल्मीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जीप दुर्घटनामा परी ६ जनाको मृत्यु